Monday, December 23, 2024
Homeफिचरआँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद शेयर खरीदमा आवेदन दिने आज अन्तिम दिन

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद शेयर खरीदमा आवेदन दिने आज अन्तिम दिन

विराटचोकः आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद शेयरमा खरीद आवेदन दिने आज आइतबार अन्तिम दिन हो । आज बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने छ ।

आँखुखोलाले साउन २७ गतेदेखि १५० प्रतिशत अर्थात् १ करोड २० लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । हकप्रद शेयरका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरेको हुनाले असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद शेयर खरीदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत् आवेदन दिन सकिनेछ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments