काठमाडौंः ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने वाक्य यस वर्षको शिक्षा दिवसको मूल नारा तय भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज दुई गतेलाई गत वर्षदेखि शिक्षा दिवसका रुपमा मनाउन शुरु गरिएको हो ।