Friday, December 5, 2025
Homeफिचरअनेम संघ सुन्दरहरैंचाद्वारा २४ जना ज्येष्ठ महिला सम्मानित

अनेम संघ सुन्दरहरैंचाद्वारा २४ जना ज्येष्ठ महिला सम्मानित

गोठगाउँः अखिल नेपाल महिला संघ सुन्दरहरैंचाले तीजको अवसर पारेर सुन्दरहरैंचाका ८० वर्षमाथिका २४ जना ज्येष्ठ महिलालाई सम्मान गरेको छ ।

बिहीबार लालीगुराँस भजन कीर्तन समूहको कार्यालय गोठगाउँमा भएको कार्यक्रममा उहाँहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मान कार्यक्रमपछि लोकगायक बालकृष्ण सिग्देलले गाउनुभएको लोकभाकामा उपस्थितहरु नाच्नुभएको थियो ।

अनेम संघ सुन्दरहरैंचाकी अध्यक्ष संगीता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी मिश्रले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments