विराटचोकः आज हिन्दू धर्मावलम्बीले भगवान् श्रीकृष्णको जन्मदिन कृष्णाष्टमी धुमधामका साथ मनाउँदैछन् । पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा वर्णित छ ।
भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । भक्तजनहरुले भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई आजसम्म स्मरण गरिरहेका छन् ।
आज देशभरका कृष्ण मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गर्दछ ।