तस्बिरः जागरण अनलाइन
विराटनगरः आज बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा नेपाली तीर्थयात्री चढेको ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जागरण अनलाइनले जनाएको छ ।
उपचाररत घाइतेहरूमा बाराको मुक्तिपलियाकी गीतादेवी, सीमाकुमारी, विश्वानाथ मुखिया, शोभा कुमारी, राजेश्वरप्रसाद साह, मुस्कान साह, फेकन मुखिया, सियापति देवी, लक्ष्मी झा, रवीन्द्रकुमार रामेश्वर साह, सुवोधप्रसाद झा, लक्ष्मण मुखिया, सुमन मिश्रा, काजलकुमारी, किशोरी साह, उषा देवीलगायत छन् ।
बस र ट्रक दुवैका चालकहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।