Tuesday, December 24, 2024
Homeखेलकुदसदस्य–सचिव घिसिङलाई एशिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार

सदस्य–सचिव घिसिङलाई एशिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार

काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई एशिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ ।

नेपाल रग्बी संघका पूर्व अध्यक्ष समेत रहेका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याएबापत सम्मान गरिएको हो । उज्वेकिस्तानको तास्केन्टमा भएको एशिया रग्बी अवार्ड कार्यक्रममा सदस्य–सचिव घिसिङलाई अवार्ड प्रदान गरिएको थियो ।

सदस्य–सचिव घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य पनि हुन् । सदस्य–सचिव घिसिङ २०१२ मा नेपाल रग्बी संघको अध्यक्षमा निर्वाचित भएयता २०२१ सम्म अध्यक्षको जिम्मेवारीमा थिए । २ वर्षअघि उनी राखेप सदस्य–सचिवमा नियुक्त भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

उनको कुशल नेतृत्वमा नेपाली रग्बीले विश्वव्यापी मान्यता पाएको थियो । सन् २०१८ मा नेपालले एशिया रग्बीको पूर्ण सदस्यता तथा सन् २०२० मा विश्व रग्बीको एसोसिएट सदस्य प्राप्त गर्दा सदस्य–सचिव घिसिङको महत्वपूर्ण भूमिका थियो । उनकै महत्वपूर्ण भुमिकामा नेपालले यसै वर्ष विश्व रग्बीको पूर्ण सदस्यता पाएको थियो ।

सन् २०१९ मा एशिया रग्बीको सदस्यमा निर्वाचित भएपछि सदस्य–सचिव घिसिङ खासगरी दक्षिण एशियालाई केन्द्रमा राखेर एशियामा रग्बीको विकास र विस्तारमा निरन्तर क्रियाशील रहँदै आएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments