Tuesday, December 24, 2024
Homeराजनीतिराष्ट्रिय सभाको निर्वाचन माघ ११ मा, फागुन २० गते एक तिहाइको पदावधि...

राष्ट्रिय सभाको निर्वाचन माघ ११ मा, फागुन २० गते एक तिहाइको पदावधि सकिने

काठमाडौंः मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत एक तिहाइ सदस्य अर्थात् २० जनाको पदावधि सकिन लागेको छ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ ।

यसैगरी, सोही बैठकले जाजरकोटका भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments