भरतपुरः सुदूर पश्चिमको महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना हुँदा १३ जना पुरुष र ४ जना महिला घाइते भएका छन् । उनीहरूमध्ये ५ जना मध्यम र १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
अनियन्त्रित भएको बस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरू सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
प्रहरीले उपलब्ध गराएको घाइतेहरूको नामावली
१.जि.कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष ४० की तारा भट्ट सामान्य ।
२.जि.कैलाली लम्किचुहा न.पा.३ बस्ने वर्ष २३ की हरिकला थापा सामान्य ।
३.जि.कैलाली लम्किचुहा न.पा.३ बस्ने वर्ष १९ को कैलाश वि.क.सामान्य ।
४.जि.कैलाली लम्किचुहा न.पा.३.बस्ने बस्ने वर्ष २७ की कृष्णा वि.क.सामान्य ।
५.जि.कैलाली लम्किचुहा न.पा.३.बस्ने वर्ष ३५ की जयन्ती बि.क.मध्यम ।
६.जि.कन्चनपुर भीमदत्त न.पा.८ बस्ने वर्ष ३७ को दिल बहादुर सुनार सामान्य ।
७.जि.कन्चनपुरको कन्चनपुर न.पा.३ बस्ने वर्ष २३ को समिदेवल राना मध्यम ।
८.जि.कैलाली गोदावरी न.पा.१२ बस्ने वर्ष ३७ को शेर बहादुर विष्ट सामान्य ।
९.जि.बझाङ वित्थडचिर गा.पा ४ बस्ने वर्ष २२ को बसन्त बोहोरा मध्यम ।
१०.जि.कन्चनपुर भीमदत्त न.पा.१७ बस्ने वर्ष ३४ को धरम खड्का सामान्य ।
११.जि.कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष २० को दिपेश भट्ट सामान्य ।
१२.जि.दार्चुला महाकाली न.पा.६ बस्ने वर्ष २३को लक्ष्मण बम मध्यम ।
१३.जि.कन्चनपुर भीमदत्त न.पा.९ बस्ने वर्ष २५ को भिमसेन सार्की सामान्य ।