Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिलाखेनाच प्रतियोगितामा केराबारी पहिलो, उर्लाबारी दोस्रो र रानी तेस्रो

लाखेनाच प्रतियोगितामा केराबारी पहिलो, उर्लाबारी दोस्रो र रानी तेस्रो

विराटचोकः इन्द्रपुर नेवाः पुचः तथा लाखे जात्रा सांस्कृतिक परिवार सुन्दरहरैंचाद्वारा आयोजित प्रतियोगितात्मक लाखेनाचमा नेवाः देय दबु केराबारी पहिलो भएको छ ।

नेवाः न्हँ पुचः नगर समिति उर्लाबारी दोस्रो, रानी नेवा समुदाय रानी तेस्रो भएको छ । नेवाः देय दबु लेटाङ र शाक्य बुद्ध समाज उर्लाबारीले सान्त्वना स्थान हात पारेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने टिमलाई क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र २ हजार ५ सय रूपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष थर्कमान श्रेष्ठले बताउनुभयो ।

नेवारी समुदायको भाषा, कला र संस्कृतिको जगेर्ना गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको निर्णायक दीपेन्द्र विराज वज्राचार्य र समीर आचार्जु रहनुभएको थियो । जिल्लास्तरीय प्रतियोगितामा १५ वटा टिम सहभागी थिए । प्रतियोगिता शुरु हुनुअघि लाखे र्याली निकालिएको थियो ।

र्यालीमा सहभागीलाई सुन्दरहरैँचा उद्योग वाणिज्य संघ, इन्द्रपुर जेसीज, इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समिति, लायन्स क्लब अफ विराटचोक सिटी, लायन्स क्लब अफ खोर्साने, लायन्स क्लब अफ इन्द्रपुर, पाथीभरा स्वतन्त्र महिला समाज लगायतले संयुक्त रुपमा खानेपानी र फलफूल वितरण गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments