बुटवलः सामाजिक संस्था पहिलो पाइला नेपालको तेस्रो महाधिवेशनबाट विनोद महत अध्यक्षमा चयन हुनुभएको छ । महत संस्थाको निवर्तमान महासचिव हुनुहुन्थ्यो । यसअघि सुन्दरहरैंचा शाखाका संस्थापक अध्यक्ष निराजन धमला केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो ।
बुटवलमा भदौ ३ र ४ गते भएको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा आयुष पौडेल चयन हुनुभएको छ । उहाँ निवर्तमान उपाध्यक्ष हुनुहुन्थ्यो । उपाध्यक्षमा पाल्पा शाखाका लेखबहादुर कुँवर, महासचिवमा बुटवल शाखाका पारस मरासिनी, सचिवमा तानसेन शाखाका कृष्णबहादुर रावत र सहसचिवमा सुन्दरहरैंचा शाखाका मिलन लुइँटेल सर्वसम्मत चयन हुनुभएको छ । लुइँटेल सुन्दरहरैंचा शाखाका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।
त्यस्तै, कोषाध्यक्षमा तिलोत्तमा शाखाका सन्देश पोखरेल तथा सदस्यमा बुटवल शाखाका बाबुराम खनाल निर्वाचित हुनुभएको छ ।
बुटवलको एसियन पार्टी प्यालेसको सभाहलमा भएको खुला सत्र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट काम गर्ने शाखाहरुलाई १० ओटा विधामा अवार्ड प्रदान गरिएको थियो । सुन्दरहरैंचा शाखााले बेस्ट सपोर्टिभ ब्रान्च अवार्ड पाएको थियो ।