Tuesday, December 24, 2024
Homeफिचर३००० को बिन्दुबाट तल झर्याे नेप्से, कारोबार रकममा पनि गिरावट

३००० को बिन्दुबाट तल झर्याे नेप्से, कारोबार रकममा पनि गिरावट

विराटचोकः आज शेयर बजार सूचक नेप्से र कारोबार रकम दुवैमा गिरावट आएको छ । बिहीबार ३००० बिन्दुमा बन्द भएको बजार आज खुल्नासाथ लगातार बढेर दिउँसो १२ बजे ३०४७ सम्म पुगे पनि त्यसपछि ओरालो लाग्दै दिउँसो २ बजेर ४३ मिनेट जाँदा २९४७ सम्म झरेको थियो । यसरी आज शेयर बजारमा १०० अंकको तलमाथि भएको थियो । अन्तिम समयमा नेप्सेमा केही सुधार आए पनि बजार हरियो हुन भने सकेन ।

आज नेप्से परिसूचक ३४.४७ अंक अर्थात् १ दशमलव १४ प्रतिशत घटेर २९६६.३३ बिन्दुमा अडिएको छ । सेन्सेटिभ इण्डेक्स ६.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंक घटेको छ । कारोबार रकम पनि घटेको छ ।

बिहीबार २९ अर्ब ९५ करोडको शेयर किनबेच भएको बजारमा आज ३३० कम्पनीको ३ लाख ९१८ पटकको कारोबारमा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ रुपैयाँको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर किनबेच भएको छ ।

नेप्से घटेपनि राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) मल्टीपर्पस फाइनान्स कम्पनी र सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने लिबर्टी इनर्जीको शेयरमूल्य ९ दशमलव ९३ प्रतिशत बढेको छ ।

नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घट्दा सगरमाथा जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर लिमिटेड, शुभम् पावर कम्पनी र मातृभूमि लघुवित्त वित्तीय कम्पनी उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ८२ करोड १४ लाख ८१ हजार १३५ रुपैयाँको शेयर किनबेच भएको छ । अपि पावर, कुमारी बैंक, हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी र ङादी गु्रप पावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

बैंकिङ्ग, जीवन बीमा, सामुहिक लगानी कोष र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव ४९ प्रतिशत घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ११ अर्ब १४ करोड ९४ लाख ४६ हजार २५९ रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments