विराटचोकः आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा १४५ दशमलव ०४ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा २० करोड ९९ लाख रुपैयाँ थियो ।
कम्पनीको कुल आम्दानी ४ अर्ब ८५ करोडबाट बढेर ५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । कम्पनीको खुद दाबी भुक्तानी ४ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको सो कम्पनीले शेयर प्रिमियम शीर्षकमा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँबाट बढेर १० रुपैयाँ २९ पैसा रहेको छ ।