Tuesday, December 24, 2024
Homeफिचरनाफा घटे पनि वितरणयोग्य नाफा बढ्यो छिमेक लघुवित्तको

नाफा घटे पनि वितरणयोग्य नाफा बढ्यो छिमेक लघुवित्तको

विराटचोकः छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १ अर्ब ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ७४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष लघुवित्तले १ अर्ब ६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा घटे पनि लघुवित्तको वितरणयोग्य मुनाफा भने १८ दशमलव ३३ प्रतिशत बढेर १ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

लघुवित्तको निष्क्रिय कर्जा १ दशमलव ७१ प्रतिशतबाट बढेर ३ प्रतिशत पुगेको छ । घुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८३ पैसा घटेर ३३ रुपैयाँ ६२ पैसामा झरेको छ ।

२ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ अर्ब ४४ करोड रुपैयाँ सञ्चित छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments