Monday, December 23, 2024
Homeअपराधकाठमाडौंकी उपमेयर डंगोलद्वारा आफ्नो नाम जोडिएका अनधिकृत फेसबुक पेज बन्द गराउन साइबर...

काठमाडौंकी उपमेयर डंगोलद्वारा आफ्नो नाम जोडिएका अनधिकृत फेसबुक पेज बन्द गराउन साइबर ब्युरोमा पत्राचार

काठमाडौंः काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडेर खोलिएका अनधिकृत फेसबुक पेज हटाउन साइबर ब्युरोलाई पुनः आग्रह गर्नुभएको छ ।

बुधबार उपप्रमुख डंगोलको सचिवालय प्रमुख सौरभ गौतमले एक पत्र लेख्दै अनधिकृत पेजमा राखिएका फोटो तथा समाचारहरू हटाइदिन र सामाजिक सञ्जालमा त्यस्ता फोटो र भिडियो र समाचारहरू राख्नेलाई कानुनबमोजिम कारवाही गर्न आग्रह गर्नुभएको छ ।

कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट तस्बिर बङ्ग्याएर सामाजिक सञ्जालमा भाइरल बनाइएको विषयमा सचिवालयले साइबर ब्युरोमा पत्राचार गरेको हो ।

यसअघि जेठ १३ गते र असार २५ गते पनि त्यस्तो अनुरोध गरिएकोमा अझै पनि ती पेज बन्द नभएको उपप्रमुख डंगोलको सचिवालयले जनाएको छ ।

पत्रमा लेखिएको छ,‘फेसबुक पेजहरूमा एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेशन गरी सामाजिक सञ्जालहरुमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरु हाटाइदिनुहुन र प्रयोगकर्तालाई कानूनबमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु ।’

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments