Thursday, January 29, 2026
Homeफिचरसिद्धार्थ प्रिमियर इन्स्योरेन्सले कमायो ६९ करोड २३ लाख रुपैयाँ खुद नाफा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले कमायो ६९ करोड २३ लाख रुपैयाँ खुद नाफा

विराटचोकः सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ६९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा ८२ दशमलव ५२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष सो इन्स्योरेन्सले ३७ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ७८ दशमलव १२ प्रतिशत र कुल आम्दानी ५१ दशमलव ३४ प्रतिशत बढेको छ । इन्स्योरेन्सको खुद दाबी भुक्तानी ६१ दशमलव ८२ प्रतिशत र कुल खर्च ५१ दशमलव ८६ प्रतिशत बढेको छ ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १५ पैसा बढेर २४ रुपैयाँ ६७ पैसा पुगेको छ । २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड ९१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ६ करोड २२ लाख रुपैयाँ रहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments