Monday, December 23, 2024
Homeफिचर१७९ प्रतिशत बढ्यो अपि पावरको विद्युत बिक्री आम्दानी

१७९ प्रतिशत बढ्यो अपि पावरको विद्युत बिक्री आम्दानी

विराटचोकः अपि पावर कम्पनीले गत आर्थिक वर्षमा विद्युत बिक्रीबाट १ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७९ दशमलव ५८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष ३३ करोड ८३ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी रहेको थियो ।

गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ९३२ दशमलव ११ प्रतिशत बढेर ४५ करोड ६५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । कम्पनीको कुल नाफा २११ दशमलव ६० प्रतिशत बढेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपेयाँ ८२ पैसा बढेर ७ रुपैयाँ ८९ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ७३ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments