Tuesday, December 24, 2024
Homeफिचरगत वर्ष उठेको लाभकरको ५० प्रतिशत यस वर्ष साउनमै सङ्कलन

गत वर्ष उठेको लाभकरको ५० प्रतिशत यस वर्ष साउनमै सङ्कलन

विराटचोकः गत आर्थिक वर्षमा सरकारले ५ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर प्राप्त गरेको थियो । जुन अघिल्लो आर्थिक वर्ष भन्दा झन्डै दोब्बर रहेको थियो । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि) का अनुसार चालु आर्थिक वर्षमा भने साउन लागे यता नै सरकारले गत आर्थिक वर्ष उठाएको लाभकरको ५० प्रतिशत रकम उठाइसकेको छ । साउन लागे यता मात्रै सरकारले २ अर्ब ३४ करोड रुपैयाँ लाभकर प्राप्त गरिसकेको जनाइएको छ ।

त्यसो त गत बिहीबार दोस्रो बजारमा २१ अर्ब ७१ करोडको शेयर किनबेच हुँदा सरकारले २६ करोड रुपैयाँ लाभकर प्राप्त गरेको सिडिएससिले जनाएको छ । यसअघि दोस्रो बजारबाट आर्थिक वर्ष २०७७\०७८ मा सरकारले १४ अर्ब ६ करोड रुपैयाँसम्म पूँजीगत लाभकर उठाएको थियो । सो लाभकर नै अहिलेसम्म वर्ष दिनमा सबैभन्दा बढी लाभकर उठेको रेकर्ड हो । सो वर्ष नेप्से सूचक माथिल्लो बिन्दुमा पुगेर रेकर्ड कायम भएको थियो । आर्थिक वर्ष २०७६\७७ मा ९७ करोड रुपैयाँ मात्रै लाभकर सङ्कलन भएको बताइएको छ ।

एक वर्ष भन्दा कम अवधिको नाफामा सरकाले साढे ७ प्रतिशत लाभकर सङ्कलन गर्छ । जसलाई अल्पकालीन लाभकर भन्ने गरिन्छ । त्यसैगरि एक वर्ष भन्दा बढी अवधिको नाफामा ५ प्रतिशत कर सङ्कलन गर्ने गरिन्छ । जसलाई दीर्घकालीन लाभकर भन्ने गरिन्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत लाभकर तिर्नुपर्छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments