Tuesday, December 24, 2024
Homeफिचरकारोबार रकम र बजार पूँजीकरण हालसम्मकै उच्च, नेप्से सूचक पुग्यो २८६० मा

कारोबार रकम र बजार पूँजीकरण हालसम्मकै उच्च, नेप्से सूचक पुग्यो २८६० मा

विराटचोकः आज शेयर बजारमा हालसम्मकै उच्च रकमको कारोबार भएको छ । नेप्से ९४ दशमलव ४६ अङ्कले बढेर २८६० दशमलव ८४ को बिन्दुमा अडिएको छ । नेप्से ३ दशमलव ४१ प्रतिशत बढेको हो । आज बजार पूँजीकरण पनि हालसम्मकै उच्च भएको हो ।

आज २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको शेयर कारोबार भएको छ । यो अहिलेसम्मकै धेरै कारोबार रकम हो । आज सबै समूहका सूचक बढेका छन् । लघुवित्त, जीवन बीमा र लगानी समूहका सूचक उच्च प्रतिशतले बढेका छन् । १२ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कुथेलीबुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

आज पनि हिमालयन रिइन्स्योरेन्स र शिवम् सिमेण्टको उच्च कारोबार भएको छ । हिमालयनको १ अर्ब ५२ करोड २ लाख ४७ हजार ३७० रुपैयाँको शेयर किनबेच भएको हो । शिवम्को १ अर्ब १६ करोड ६४ लाख ९५ हजार १९८ रुपैयाँको शेयर किनबेच भएको छ ।

आज ३३० कम्पनीको २ लाख ७५ हजार २०७ पटकको कारोबारमा ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर किनबेच भएका छन् । कारोबार सङ्ख्या र कारोबार कित्ता हालसम्मकै उच्च हो ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ४१ अर्ब ३ करोड ३२ लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको छ । बजार पूँजीकरण हालसम्मकै उच्च हो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments