विराटचोकः बिहीबार शेयर बजारमा ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । नेप्से परिसूचक भने ६ दशमलव ७० अङ्क बढेर २७६६ दशमलव ३८ विन्दुमा पुगेको छ ।
बिहीबार उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ५ दशमलव ८७ प्रतिशत बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव २७ प्रतिशत घटेको छ ।
कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एण्ड आयल र सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशत बढेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक ८ दशमलव ०४ प्रतिशत घटेको छ ।
बिहीबार ३२२ कम्पनीको २ लाख ९ हजार ९६५ पटकको कारोबारमा २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच भएको छ ।
बिहीबार २ वटा कम्पनीको १ अर्बभन्दा बढीको कारोबार भएको छ । शिवम् सिमेन्टको १ अर्ब २० करोडको शेयर किनबेच भएको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ९१ अर्ब ९ करोड ३२ लाख ४१ हजार ६१ रुपैयाँ कायम भएको छ ।