विराटचोकः मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा नाफा केही बढाएको छ ।
गत आर्थिक वर्षमा बैंकले १ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफा बढे पनि बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ २९ पैसा घटेर १८ रुपैयाँ १५ पैसामा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात २०.२२ गुणा रहेको छ ।
७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।