विराटचोकः सर्वोत्तम सिमेन्ट लिमिटेडको संस्थागत लगानीकर्ता तथा सामुहिक लगानी कोषतर्फको शेयरको लक इन अवधि भदौ २५ गते समाप्त हुने भएको छ ।
कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोडमध्ये १२.९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता साधारण शेयरमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताहरुलाई बाँडफाँड गरेको थियो ।
सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको थियो । सोही २५ लाख ५४ हजार २२७ कित्ता शेयरको लक इन अवधि भदौ २५ गते सकिने भएको हो ।