विराटचोकः आज प्रि ओपन सेसनमा १३.१६ अंक बढेर नेप्से २७७२.८४ विन्दुमा पुगेको छ ।
प्रि ओपन सेसनमा ८२ कम्पनीको २२० पटकको कारोबारमा १९ हजार ८६ कित्ता शेयर किनबेच हुँदा १ करोड २० लाख २४ हजार ५४९ रुपैयाँको शेयर कारोबार भएको छ ।
५५ कम्पनीको मूल्य बढेको छ भने १९ कम्पनीको मूल्य घटेको छ । बाँकी ८ कम्पनीको भाउ घटबढ केही भएको छैन ।