विराटचोकः चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षमा विद्युत बिक्रीमार्फत् १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२८ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले १ अर्ब १२ करोड ८६ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।
कम्पनीको खुद नाफा भने ०.५८ प्रतिशत बढेर ६५ करोड २९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा त्यस्तो नाफा ६४ करोड ९२ लाख रुपैयाँ थियो ।
कम्पनीको सञ्चालन मुनाफा ४.४२ प्रतिश बढेको छ भने वित्त आम्दानी ३४.८२ प्रतिशत र अन्य आम्दानी ८.७२ प्रतिशत घटेको छ ।
प्रतिशेयर आम्दानी ७७ पैसा घटेर ८ रुपैयाँ १८ पैसामा झरेको छ । प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५७.४३ गुणा रहेको छ ।
चुक्ता पूँजी १० प्रतिशत बढेर ७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।