Tuesday, December 24, 2024
Homeफिचरगत आर्थिक वर्षमा २० वाणिज्य बैंकहरुले कमाए ६४ अर्ब नाफा

गत आर्थिक वर्षमा २० वाणिज्य बैंकहरुले कमाए ६४ अर्ब नाफा

विराटचोकः हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । बैंकहरुको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

गत आर्थिक वर्ष सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक रहेको छ । सो बैंकले असार मसान्तसम्ममा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशत बढी हो ।

६ अर्ब नाफा कमाएको ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ भने ५ अर्ब १९ लाख रुपैयाँ नाफा सहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहेको छ । सबैभन्दा कम नाफा कमाउने बैंक भने माछापुच्छ्रे बैंक रहेको छ । सो बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

सिटिजन्स बैंक र एनआईसी एशिया बैंकको नाफा डेढ अर्बभन्दा कम रहेको छ भने नेपाल बैंकले १ अर्ब ६५ करोड नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सर्वाधिक नाफा बढाउन सफल बैंक भने प्रभु बैंक देखिएको छ । सो बैंकको खुद नाफा समीक्षा अवधिमा १४९९.०४ प्रतिशत बढी हो । कुमारी बैंकको खुद नाफा समीक्षा अवधिमा ३४५.६७ प्रतिशत बढेको छ भने प्राइम कमर्सियल बैंकको २६७.१९ प्रतिशत र कृषि विकास बैंकको १७६.२३ प्रतिशत बढेको छ ।

१० वाणिज्य बैंकको खुद नाफा घटेको छ । एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ६८.९१ प्रतिशत घटेको छ । नेपाल बैंकको खुद नाफा ५१.८० प्रतिशत घटेको छ भने सिटिजन्स बैंकको खुद नाफा करिब २८ प्रतिशत घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments