विराटचोकः गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब १३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० दशमलव १६ प्रतिशत कम हो ।
३ अर्ब २६ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी ६ दशमलव १७ प्रतिशतले बढेर ३ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँ चुक्तापूँजी रहेको गरिमाको जगेडा कोषमा २ अर्ब ६६ करोड ८० लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४९ पैसा रहेको छ ।