Tuesday, December 24, 2024
Homeकला र साहित्यप्रदर्शक र निर्माताबीच भयो सहमतिः चलचित्र प्रदर्शन हुञ्जेल आधाआधा शेयर पाउने

प्रदर्शक र निर्माताबीच भयो सहमतिः चलचित्र प्रदर्शन हुञ्जेल आधाआधा शेयर पाउने

काठमाडौंः नेपाली चलचित्र निर्माताले अब सिनेमाघरमा चलचित्र प्रदर्शन हुञ्जेल ५० प्रतिशत शेयर पाउने भएका छन् । चलचित्र संघ र चलचित्र निर्माता संघबीच बिहीबार यस्तो सम्झौता भएको हो ।

चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार ‘दिमाग खराब’ रिलिज भएको मिति कात्तिक २४ गतेदेखि नै यो व्यवस्था लागू गर्न दुवै पक्ष सहमत भएका छन् । सबै स्वदेशी चलचित्रले यो सुविधा पाउने भएका हुन् ।

दुई दिन चलेको वार्तापछि दुवै संस्थाका वार्ता टोलीले जुटाएको सहमतिलाई कार्यसमितिले अनुमोदन गरेपछि दुवै संस्थाले संयुक्त प्रेस विज्ञप्तिमार्फत औपचारिक जानकारी दिएका थिए ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments