Tuesday, December 24, 2024
Homeफिचरझण्डै तीन गुणा बढेर प्राइम कमर्सियल बैंकको प्रति शेयर आम्दानी पुग्यो १९...

झण्डै तीन गुणा बढेर प्राइम कमर्सियल बैंकको प्रति शेयर आम्दानी पुग्यो १९ रुपैयाँ ४५ पैसा

विराटचोकः गत आर्थिक वर्षमा प्राइम कमर्सियल बैंकले नाफामा उल्लेख्य सुधार गरेसँगै प्रतिशेयर आम्दानी पनि झण्डै ३ गुणा बढेको छ । गत आर्थिक वर्षमा बैंकको प्रति शेयर आम्दानी १४ रुपैयाँ १५ पैसा बढेर १९ रुपैयाँ ४५ पैसा पुगेको छ ।

गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६७ दशमलव १९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढेको देखिन्छ ।

बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३१.४५ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत र सञ्चालन मुनाफा १७७.३१ प्रतिशत बढेको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ । १९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments