Monday, December 23, 2024
Homeप्रविधिहोचो पक्की घरलाई प्रविधि प्रयोग गरी अग्ल्याइँदै

होचो पक्की घरलाई प्रविधि प्रयोग गरी अग्ल्याइँदै

विराटनगरः होचो घरलाई लिफ्टिङ विधि प्रयोग गरी अग्लो बनाउने काम नेपालमा पनि शुरु भएको छ । हालै विराटनगर बसपार्कका दीनबन्धु गोयलको घर ४ फिट अग्ल्याइएको छ ।

लिफ्टिङ प्रविधि प्रयोग गरेर सो घर अग्ल्याउनुका साथै गोयलकै अर्काे एउटा घर पहिलेको ठाउँबाट सारिएको पनि छ ।

यसअघि विराटनगरका उद्योगी राजेन्द्र राउतको घर पनि लिफ्टिङ प्रविधि प्रयोग गरेर ५५ फिट टाढा स्थानान्तरण गरिएको थियो । उद्योगी राकेश सुरानाको पनि सुनसरीको दुहबीमा एक तले भवन साढे चार फिट अग्ल्याइएको थियो ।

यो प्रविधिमा पुरानो जग र पिल्लर काटेर नयाँ जग बनाएर त्यसमाथि भवन सारिन्छ । अग्ल्याउँदा पनि गाडी उठाउने जगको सहयोगमा घर अग्ल्याई तल गारो लगाउने काम हुन्छ । झण्डै २ महिना लाग्ने सो कामको लागि घर निर्माण गर्दाको १० प्रतिशत जति रकम लाग्ने गरेको बताइन्छ ।

यी सबै घर उचाल्ने र सार्ने कामका लागि भारतीय प्राविधिकसहितको टोली खटिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments