विराटचोकः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ दशमलव ७९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी १०३ दशमलव ९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९४ दशमलव ६६ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९० दशमलव ५० प्रतिशत र सञ्चालन मुनाफा ३५ दशमलव ९९ प्रतिशत बढेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर १३ रुपैयाँ ९ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ ।
२३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ ।