विराटचोकः साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा ०.१९ प्रतिशत अर्थात ५ दशमलव २९ अंकको गिरावट आउँदा नेप्से सूचक २ हजार ७५५.६२ विन्दुमा रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.६६ प्रतिशतले घटेर ४९२.७५ विन्दुमा झरेको छ ।
नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा कम्पनीको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर २ लाख २९ हजार ८१३ पटक किनबेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँको शेयर कारोबार भएको छ ।
आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा रातो पोतिएको छ भने ६ वटा समूहमा हरियाली छाएको छ । आज जीवन बीमा समूहमा सर्वाधिक ३ दशमलव ६९ प्रतिशतको वृद्धि देखिँदा वित्त समूह १ दशमलव ७७ प्रतिशत, होटल समूह ० दशमलव ३५, वित्त २.७४, म्युचुअल फण्ड १.१३ र निर्जीवन बीमा समूह १.७४ प्रतिशतले बढेको छ ।
व्यापार समूह सर्वाधिक ३ दशमलव ५४ प्रतिशतले घट्दा जलविद्युत समूह १.९०, बैंकिङ समूह १.३९ प्रतिशत, उत्पादन तथा प्रशोधन १.०४, लघुवित्त ०.८२, विकास बैंक ०.७९ र अन्य समूह ०.२२ प्रतिशतले घटेका छन् ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक ५९ करोड ७५ लाख ९९ हजार २३८ रुपयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४३ करोड ८१ लाख, सिईडिबि हाईड्रोको ४२ करोड ५६ लाख, नेपाल फाइनान्सको ४१ करोड ६७ लाख र नेपाल इन्फ्रास्ट्राक्चर बैंकको ४१ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नेपाल हाईड्रो डेभलपर्स, शुभम् पावर, सिटी होटल, कुथेली बुखरी स्मल हाईड्रो, प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स र सानिमा माई हाईड्रोको शेयरमूल्य १० प्रतिशत बढेको छ ।
पिपुल्स हाईड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव १३ प्रतिशतले घट्दा रसुवागढी हाईड्रोको शेयरमूल्य ७ दशमलव ०९ प्रतिशत, अपर सोलु हाईड्रोको ६.७० र मन्दाकिनी हाईड्रोको शेयरमूल्य ६.५५ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ७२ अर्ब ३६ करोड ९६ लाख ४६ हजार ५१२ रुपैयाँ कायम भएको छ ।