Wednesday, December 25, 2024
Homeफिचरइन्ट्रा डेमा झण्डै १०० अङ्क बढेको शेयर बजारमा २० अर्बको कारोबार

इन्ट्रा डेमा झण्डै १०० अङ्क बढेको शेयर बजारमा २० अर्बको कारोबार

विराटचोकः आज शेयर बजारमा २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज इन्ट्रा डेमा नेप्से सूचकमा ९४ अङ्कसम्मको वृद्धि भएको थियो । दिउँसो १ बजेर ३४ मिनेट जाँदा नेप्से हिजो भन्दा ९४ अंक बढेर सूचक २७९० सम्म पुगेको थियो । त्यसपछि ओरालो झरेर २७६२ सम्म झरेको नेप्से पुनः बढेर २७७७ सम्म पुगे पनि त्यसपछि भने ओरालो लागेको थियो ।

दिउँसो २ बजेर ४४ मिनेट जाँदा नेप्सेमा २० अर्ब ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । आज हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ७९ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अहिले २ बजेर ४४ मिनेट जाँदा हिजोभन्दा बजार ५६ अङ्क बढेर २७५२ मा पुगेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments