विराटचोकः सूर्याेदय वोमी लघुवित्तले गत शुक्रबारदेखि मङ्गलबारसम्म एफपिओ बिक्री गरेको थियो । सो एफपिओ बाँडफाँड हुन बाँकी नै छ । सो एफपिओ पाउनेले समेत पाउने गरी लघुवित्तले शेयरधनीहरुलाई लाभांश दिने भएको छ ।
साउन २४ गते कम्पनीले बुक क्लोज गर्ने भएकाले साउन २३ सम्म शेयर खरीद गर्नेले सो कम्पनीको बोनस शेयर हात पार्ने भएका छन् । लघुवित्तले साउन ३२ गते ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८, लुभुस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले एफपीओ निष्काशनपश्चात कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।