Tuesday, December 24, 2024
Homeकला र साहित्यबिनायोलाई चिनाउने लोकगायक एलपी जोशी

बिनायोलाई चिनाउने लोकगायक एलपी जोशी

विराटचोकः लोकबाजा बिनायोलाई चिनाउने पूर्वेली लोकगायक एलपी (लक्ष्मणप्रसाद) जोशीको बिहीबार साँझ ८८ वर्षको उमेरमा निधन भएको छ । जोशीले सङ्कलन गरी गाउनुभको ‘रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको गीत चर्चित भएसँगै लोकबाजा बिनायोको बारेमा सबैले जान्ने मौका पाउनुभएको थियो ।

उहाँका ‘ओल्लो खोलो, पल्लो खोलो, कमिलाको गोलो भनेर हौ रानाज्यू….’, ‘उकाली ज्यानको चिप्लेटी ढुङ्गा कान्छी मट्याङट्याङ….’ बोलका गीत अरु चर्चित गीत हुन् ।

२०१३ सालमा रेडियो नेपालबाट पहिलो पटक गीत गाउन थाल्नुभएका जोशी २०१९ सालमा राष्ट्रव्यापी लोकगायन प्रतियोगितामा पहिलो हुनुभएको थियो ।

जोशीले धनकुटाका आठपहरिया, हिमाली क्षेत्रका शेर्पा र मधेशका सन्थाल जातिको पनि गीत गाउनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments