Tuesday, December 24, 2024
Homeफिचरमौद्रिक नीतिको सङ्घारमा ३२ अंक बढ्यो नेप्से

मौद्रिक नीतिको सङ्घारमा ३२ अंक बढ्यो नेप्से

विराटचोकः मौद्रिक नीतिको पूर्वसन्ध्यामा साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३२ दशमलव २ अंक बढेर बन्द भएको छ । हिजो झण्डै २७ अंकले बजार झरेको थियो ।

आज नेप्से २५६८.१३ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ । आज ३२० कम्पनीको १ लाख ५९ हजार ७५७ पटकको कारोबारमा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर किनबेच भएको छ ।

आज उपकार लघुवित्त वित्तीय संस्था, एशियन हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशत बढ्दा गणपति लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, आरएसडिसी लघुवित्त, नाडेप लघुवित्त, लक्ष्मी लघुवित्त, बोटलर्स नेपाल बालाजु, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य आज सर्वाधिक ७.६५ प्रतिशत घट्दा माण्डु हाइड्रोपावर, कालिका पावर कम्पनी, आशा लघुवित्त वित्तीय संस्थालगायतका कम्पनी उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।

आज सानिमा जीआईसी इन्स्योरेन्सको सबैभन्दा धेरै ३४ करोड १७ लाख ७९ हजार ९७२ रुपैयाँको शेयर किनबेच हुँदा हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट्स, फस्र्ट माइक्रोफाइनान्स र हिमालय रिइन्स्योरेन्स उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

आज ९ उपसमूहको परिसूचक बढ्दा लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ६ दशमलव ८३ प्रतिशत बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ भने बैंकिङ्ग र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । लगानी समूह सबैभन्दा धेरै ० दशमलव ७३ प्रतिशत घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४० खर्ब ७४ अर्ब ८८ करोड ६६ लाख १२१ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments