काठमाडौंः कायममुकायम मुख्यसचिव रहनुभएकी लीलादेवी गड्तौलालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।
गड्तौला नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बन्नुभएको छ । ५८ वर्षे उमेर हदका कारण उहाँले १५ भदौ २०८१ मा अनिवार्य अवकाश लिनुहुनेछ ।