Monday, December 23, 2024
Homeप्रविधिओटिसी मार्केटमा वर्ल्ड लिंकको प्रतिकित्ता शेयर मूल्य ९ हजार ३ सय ७५...

ओटिसी मार्केटमा वर्ल्ड लिंकको प्रतिकित्ता शेयर मूल्य ९ हजार ३ सय ७५ रुपैयाँ

विराटचोकः नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत नभएका कम्पनीहरुको कारोबार ओटीसी मार्केटमा हुने गर्दछ । नेप्सेको ओटीसी मार्केटमा गत आर्थिक वर्ष २०८०\८१ मा विभिन्न कम्पनीको ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ओटीसी मार्केटमा भएका कारोबारहरुमध्ये सबैभन्दा महङ्गो मूल्यमा वर्ल्ड लिंक कम्युनिकेसनको शेयर कारोबार भएको छ । नेपालको सबैभन्दा ठूलो नेटवर्क भएको इन्टरनेट कम्पनी वर्ल्ड लिंकको गत वर्ष ९ हजार ३ सय ७५ रुपैयाँ प्रति कित्तामा १३ हजार ३ सय ९२ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

ओटीसी मार्केटमा सबैभन्दा धेरै आईएमई डिजिटल सोलुसन्स लिमिटेडको २० लाख ४० हजार कित्ता शेयर १ सय ३६ रुपैयाँ ३६ पैसाका दरले कारोबार भएको छ । आईएमई डिजिटल सोलुसन्सको ४० करोड ८ लाख ९८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

सबैभन्दा धेरै रकमको कारोबार लर्ड बुद्ध एजुकेसन एकेडेमीको कारोबार भएको छ । लर्ड बुद्ध एजुकेसन एकेडेमीको १२ लाख ४ हजार ५८३ कित्ता शेयर ६५ करोड ४ लाख ७४ हजार ८२० रुपैयाँमा कारोबार भएको छ। लर्ड बुद्धको प्रतिकित्ता ५४० रुपैयाँमा शेयर किनबेच भएको छ ।

नेप्सेले ओटीसी मार्केटको अवधारणाको विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको हो । २०७२ साल माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्त पूरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयर कारोबार ओटीसी मार्केटमा हुने गर्छ ।

गत आर्थिक वर्षमा ओटीसी मार्केटमा ९९ वटा कम्पनीको शेयर कारोबार भएको छ । हालसम्म ओटीसी मार्केट २४४ वटा कम्पनी दर्ता भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments