Tuesday, December 24, 2024
Homeसमाजसुन्दरहरैंचा ११ मा मनाइयो लैङ्गिक हिंसाविरुद्धको अभियान

सुन्दरहरैंचा ११ मा मनाइयो लैङ्गिक हिंसाविरुद्धको अभियान

विराटचोकः लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत अजा सुन्दरहरैंचा ११ मा विविध कार्यक्रम गरिएको छ । जसअन्तर्गत लैङ्गिक हिंसा अन्त्य गर्नुपर्ने सन्देश बोकेको नाटक प्रदर्शन गर्नुका साथै सम्मान र खेलकुदका कार्यक्रम सम्पन्न भएका हुन् ।

हरेक वडाको आयोजनामा हुने फरकफक कार्यक्रमअन्तर्गत आज भएको कार्यक्रममा सो वडाका १२ जना कलाकारले जनचेतनामूलक नाटक प्रस्तुत गरी उपस्थितको मन जितेका थिए । नाटक प्रस्तुत गर्ने कलाकारलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

त्यस्तै उपस्थित सहभागी तथा अतिथिहरुबीच तातो आलु र हण्डीफोर प्रतियोगिता सञ्चालन गरिएको थियो । ती प्रतियोगिताका विजयी प्रतिष्पर्धीलाई पुरस्कार प्रदान गरिएको थियो ।

नगर उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वडा सदस्य सुष्मा चौधरी दनुवारको सभापतित्वमा सम्पन्न भएको थियो । अनिता बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा वडाध्यक्ष बिसनलाल चौधरीका साथै कविता शर्मा, अनिल पोखरेललगायतले मन्तव्य राखेका थिए ।

आज वडातर्फको अन्तिम कार्यक्रम रहेको सामाजिक शाखाले जनाएको छ । मंसिर २४ गते नगरपालिकाबाट र्याली निकालेर सुकुना माविको खेलमैदान सुन्दरहरैंचा १० मा विशाल कार्यक्रम गरी १६ दिने अभियानको समापन गरिने सामाजिक विकास शाखाका कर्मचारी अनिल पोखरेलले जानकारी दिए ।

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments