विराटचोकः मदन पुरस्कारका लागि २०८० सालमा प्रकाशित पुस्तकमध्ये मदन पुरस्कार गुठीले ५ शीर्ष पुस्तकको सूची सार्वजनिक गरेको छ ।
गुठीलाई प्राप्त भएका ३०४ वटा पुस्तकबाट उक्त सूची छनोट गरिएको जनाइएको छ ।
गुठीले मोहन मैनालीको ‘मुकाम रणमैदान’, भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई शीर्ष पाँच पुस्तक भनी सार्वजनिक गरेको छ ।