Tuesday, December 24, 2024
Homeफिचर२५०० को बिन्दुमाथि पुग्यो नेप्से, बजार पूँजीकरण साढे ४० खर्बभन्दा बढी

२५०० को बिन्दुमाथि पुग्यो नेप्से, बजार पूँजीकरण साढे ४० खर्बभन्दा बढी

विराटचोकः निरन्तर छैटौँ दिन पनि नेप्सेले उकालो यात्रालाई निरन्तरता दिएको छ । आज नेप्से परिसूचक ७५ दशलमव ३३ अंक अर्थात् ३ दशमलव ०३ प्रतिशत बढेर २५६३ दशमलव ४३ बिन्दुमा अडिएको छ । आज सेन्सेटिभ इण्डेक्स पनि १० दशमलव ४० अंक र फ्लोट इण्डेक्स ५ दशमलव १४ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव ७८ अंक बढेको छ ।

अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ । आज ३१७ कम्पनीको १ लाख ७१ हजार ३८७ पटकको कारोबारमा ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँको शेयर कारोबार भएको छ ।

१३ वटै उपसमूहको परिसूचक बढ्दा व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५ दशमलव ०६ प्रतिशत बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक ४ दशमलव ४५ र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ दशमलव ३७ प्रतिशत बढेको छ ।
आज ९ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयरहाउजिङ्ग, साहस उर्जा, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र हिमालयन ऊर्जा विकास कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको हो ।

बजार बढे पनि गणपति लघुवित्तको शेयरमूल्य सर्वाधिक ५ दशमलव ८३ प्रतिशत घटेको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक २४ करोड ६९ लाख २३ हजार ७९२ रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर, हिमालयन रि इन्स्योरेन्स, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र ङादी ग्रुपको उच्च कारोबार भएको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४० खर्ब ६७ अर्ब ४२ करोड १५ लाख १७ हजार १९२ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments