Tuesday, December 24, 2024
Homeफिचरसामाजिक सञ्जालमा भ्रामक सन्देश आएपछि विज्ञप्ति निकाल्यो गजेडी माविले

सामाजिक सञ्जालमा भ्रामक सन्देश आएपछि विज्ञप्ति निकाल्यो गजेडी माविले

विराटचोकः सामाजिक सञ्जालमा आफ्नो विद्यालयको नामको बारेमा गलत अर्थ लगाई भ्रामक सन्देश दिएपछि साउन ७ गते रुपन्देहीको गजेडी माविले एक विज्ञप्ति निकाल्दै अब भ्रामक सन्देश पोष्ट गरिएमा साइबर अपराधअन्तर्गत उजुरी गरिने जनाएको छ ।

जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा रहेको सो विद्यालयको नामसँग जोडेर केही दिनदेखि भ्रामक सन्देश प्रवाह भइरहेका थिए । विद्यालयको नामको अर्थसहित निमित्त प्रधानाध्यापकको हस्ताक्षरमा जारी विज्ञप्ति यस्तो रहेको छः

प्रेस विज्ञप्ति
नेपाली शब्दकोशका अनुसार ’गज’ को अर्थ ’हात्ती’ भन्ने हुन्छ । यसरी ’गज’ आधार पदमा ’डी’ जोडिएर गजेडी शब्दको व्युत्पादन भएको मानिन्छ । स्थानीय थारु भाषामा ’गजेडी’ को शाब्दिक अर्थ ’हात्तीको वासस्थान’ भन्ने बुझिन्छ । यहाँका शिक्षाप्रेमी र बुद्धिजीवीका अनुसार साविक गजेडी गाउँबाट गजेडी स्कूलको नामाकरण भई सोहीअनुसार गजेडी गाउँपञ्चायत र बहुदलपछि गजेडी गा. वि. स. रहन गएको हो । यी र यस्ता वास्तविक र ऐतिहासिक तथ्यहरूलाई नबुझी आफ्नो अयोग्यतालाई प्रदर्शन गर्दै यस विद्यालयको नाममा आधारित भई सामाजिक सञ्जालमा विभिन्न व्यक्ति र फेसबुक पेजहरूले भ्रामक, कपोकल्पित तथा अनर्गल प्रचार गरी विद्यालयको ऐतिहासिक छविमा प्रहार अनि बदनाम गर्न खोजिएको विषयप्रति सिङ्गो विद्यालय परिवार घोर भर्त्सना गर्दछ । आज उपरान्त कहीं कतैबाट कोही कसैले यस प्रकारका आपत्तिजनक क्रियाकलाप गरेमा विद्यालय प्रशासन साइबर कानुन अनुसार कारवाही गर्नका लागि सम्बन्धित निकायमा जाने निर्णय गरेको समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments