Wednesday, December 25, 2024
Homeफिचरसूचक बढ्यो, कारोबार घट्यो

सूचक बढ्यो, कारोबार घट्यो

विराटचोकः शेयर बजारमा आज नेप्से सूचक सामान्य बढेको छ भने कारोबार रकम भने घटेको छ । दिनभर बजारमा उतारचढाव आइरह्यो । बजार घरी माथि जाने त घरी तल झर्ने क्रम दिनभर भइरह्यो । बजार बन्द हुँदा भने २ दशमलव १५ अङ्क अर्थात् ० दशमलव ०८ प्रतिशतमात्रै बजार बढ्न पुग्यो ।

बैंकिङ इण्डेक्स घटेका कारण सेन्सेटिभ इण्डेक्स भने ० दशमलव १९ प्रतिशत अर्थात् ० दशमलव ८९ अंक घटेर ४४८ दशमलव ७९ को बिन्दुमा अडिएको छ । नेप्से सूचक २४८८ दशमलव ०९ बिन्दुमा रोकिएको छ । नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर १ लाख ७० हजार ५५९ पटक किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४४० रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा आज हरियाली छाउँदा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २ दशमलव १६ प्रतिशतले बढेको छ । वित्त समूह ०.७१ प्रतिशत, हाईड्रो १.७४ प्रतिशत, म्युचुअल फण्ड ०.७८ र अन्य समूह १.४३ प्रतिशतले बढ्दा सबैभन्दा धेरै बैंकिङ समूहमा १.२३ प्रतिशतले गिरावट आएको छ । विकास बैंक समूह ०.६३ प्रतिशत, होटल ०.२१ प्रतिशत, लगानी ०.४७, लघुवित्त ०.५३ र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले घटेका छन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३६ करोड ९३ लाख ४८ हजार ७४१ रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमन्ट, कुमारी बैंक, सिईडिबि हाईड्रो र हिमालयन डिष्टिलरी उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

आज मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ भने नेपाल फाइनान्सको सेयरमूल्य ८.६७ प्रतिशत, छ्याङ्दी हाईड्रोको सेयरमूल्य ७.९० र बलेफी हाईड्रोको सेयरमूल्य ६.८६ प्रतिशतले बढेको छ ।

बजार बढे पनि आज गणपति लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेको छ । सिक्लेस हाईड्रोको, ८.६६ प्रतिशत र जनउत्थान सामूदायिक लघुवित्तको सेयरमूल्य ३.९१ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ३९ खर्ब ४७ अर्ब ८८ करोड ३३ लाख ५० हजार ३३६ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments