Friday, December 5, 2025
Homeअर्थगत वर्ष रोकिएको भुक्तानी जुनसुकै त्रैमासमा दिन सकिने

गत वर्ष रोकिएको भुक्तानी जुनसुकै त्रैमासमा दिन सकिने

काठमाडौंः अर्थ मन्त्रालयले गत आर्थिक वर्ष २०८०\८१ मा उत्पन्न भएको र भुक्तानी दिन नसकेको रकम जुनसुकै त्रैमासमा भुक्तानी दिन सकिने बताएको छ । मन्त्रालयले जारी गरेको बजेट कार्यान्वयन मार्गदर्शनमा यो व्यवस्था गरिएको जनाएको छ ।

बहुवर्षीय आयोजनामा गत वर्ष दायित्व सिर्जना भए पनि भुक्तानी दिन नसकिएको र यस वर्ष पनि बजेटमा निरन्तरता पाएको कार्यक्रम तथा आयोजनामा यस वर्षको बजेटबाट अघिल्लो वर्षको बक्यौता जुनसुकै त्रैमासममा पनि दिन सकिने गरी अर्थले स्वीकृति दिएको छ ।

निर्माण व्यवसायीले लामो समयदेखि भुक्तानी नपाएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments