Tuesday, December 24, 2024
Homeफिचरसंस्थापक र कर्मचारीलाई आरक्षित मानुषी लघुवित्तको शेयरको लक इन भदौ ७ मा...

संस्थापक र कर्मचारीलाई आरक्षित मानुषी लघुवित्तको शेयरको लक इन भदौ ७ मा सकिँदै

विराटचोकः मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तथा कर्मचारीका लागि बिक्री गरेको शेयरको लक–इन अवधि भदौ ७ गते समाप्त हुने भएको छ । सो संस्थाले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

संस्थाको संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ७ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार ४६९ कित्ता शेयरको लक–इन अवधि एक महिनापछि सकिन लागेको हो ।

सो संस्थाले २०७८ साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) लाई आईपीआो निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ भदौ ७ गते बाँडफाँड गरिएको थियो ।

सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक शेयरधनीले धारण गरेको र कर्मचारीलाई बाँडफाँड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था भएबमोजिम उक्त सेयर लक इनमा रहेको थियो ।

भदौ ७ गतेपछि ती शेयरको लकइन सकिए पनि सञ्चालक सदस्यमा रहेका संस्थापकले तथा संस्थाको उच्च तहमा रहेका कर्मचारीले भने अझै पनि शेयर खरीदबिक्री गर्न नपाउने सो संस्थाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments