काठमाडौंः शुक्रबार सार्वजनिक गरिने भनिएको चालु आर्थिक वर्षको मौद्रिक नीति आज पनि नआउने भएको छ । नेपाल राष्ट्र बैंकले छिटोमा भोलि सोमबार र ढिलोमा आगामी शुक्रबारसम्ममा मात्र चालु आर्थिक वर्षका लागि तयार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
तयारी नपुगेको भन्दै शुक्रबार सार्वजनिक नगरिएको मौद्रिक नीति आज आइतबार सार्वजनिक गरिने बताइएको थियो । तर आज बिहान बोर्ड बैठक नराखिएकाले आज मौद्रिक नीति सार्वजनिक नहुने भएको हो ।
शुक्रबार एक छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति कठोर हुन नहुने बताउनुभएको थियो ।