Tuesday, December 24, 2024
Homeफिचरयस्ता छन् सरकारका ५ प्राथमिकता

यस्ता छन् सरकारका ५ प्राथमिकता

काठमाडौंः आफूलाई विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले गर्ने पाँच प्राथमिकता प्रस्तुत गर्नुभएको छ । यस्ता छन् उहाँले प्रस्तुत गर्नुभएका पाँच प्राथमिकताः

थालेको काम सक्ने
सरकारको पहिलो प्राथमिकतामा थालेको काम सक्ने परेको छ । वर्षौंदेखि अलपत्र रहेका अथवा पूरा हुन नसकिरहेका परियोजना सम्पन्न गर्नु आफू नेतृत्वको सरकारको प्राथमिकता रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

अन्तर्राष्ट्रिय व्यापार शुरु
प्रधानमन्त्री ओलीका अनुसार अहिले मुलुक आयात मात्र गर्ने अवस्थामा रहेको अर्थात् व्यापार नै नभएकाले व्यापार घाटा भन्न नसकिने अवस्था रहेको छ । त्यसैले उत्पादनका विभिन्न क्षेत्रको पहिचान, लगानीको व्यवस्था लगायत कामलाई प्राथमिकता दिइने र त्यसका लागि ६ वटा मन्त्रालयबीच समन्वय गर्ने सरकारको दोस्रो प्राथमिकतामा परेको छ ।

गरिबी, अभाव र भोकमरीको अन्त्य
सरकारको तेस्रो प्राथमिकतामा गरिबी, अभाव र भोकमरीको अन्त्य गरिने विषय रहेको छ । अहिले पनि ६० लाख मानिस गरिबीको रेखामुनि रहेकाले सरकारको प्राथमिकतामा यसलाई तेस्रो नम्बरमा राखिएको बताइएको छ । सडक बालबालिकालाई आश्रय दिएर सरकारले त्यो अभियान थालिसकेको प्रधानमन्त्रीको भनाइ छ ।

चौथो प्राथमिकतामा बजेट संशोधन
सरकारको चौथो प्राथमिकतामा चालु आर्थिक वर्षको बजेटको आवश्यक संशोधन रहेको छ । सरकार अभिछिन्न उत्तराधिकारीवाला संस्था भए पनि आवश्यक कार्यक्रम, नीति र बजेट नै संशोधनको प्राथमिकतामा राखिएको प्रधानमन्त्रीको भनाइ छ ।

भ्रष्टाचार अन्त्य र सुशासन
भ्रष्टाचार गर्ने एक दिन कानुनको कठघरामा आउँछ भन्ने सन्देश जानेगरी काम गर्ने गरी भ्रष्टाचार अन्त्य र सुशासनलाई राखिएको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले सहकारीपीडित जोसुकै भए पनि कारबाही हुने पनि सो क्रममा बताउनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments