Tuesday, December 24, 2024
Homeफिचर१२ अर्बको शेयर कारोबार, कारोबार रकम ३५ महिनायताकै उच्च

१२ अर्बको शेयर कारोबार, कारोबार रकम ३५ महिनायताकै उच्च

विराटचोकः आज नेप्से परिसूचक ५४.०४ अंक बढेर २३६४.६३ अङ्कमा अडिँदा कारोबार रकम पनि ह्वात्तै बढेको छ । हिजो ९ अर्ब रुपैयाँको शेयर कारोबार भएको बजारमा आज १२ अर्बको कारोबार भएको छ । आज ३०६ कम्पनीको १ लाख ४९ हजार ६८१ पटक शेयर कारोबार भएको थियो । ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँको शेयर किनबेच भएको हो ।

२०७८ भदौ १५ गते १३ अर्ब १६ करोडको कारोबार भएयता सो रकम बराबरको कारोबार हुन सकेको थिएन ।

बढेको बजारमा सबै समूहमा हरियाली छाए पनि ३२ कम्पनीको शेयर भाउ घटेको छ । केही सामुहिक लगानी कोष र डिबेन्चरको शेयरमूल्य ६ प्रतिशतदेखि १० प्रतिशतसम्म घटेको छ ।

आज सेन्ट्रल फाइनान्ससहित सिंगटी हाइड्रो इनर्जी, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य ९.९० प्रतिशत घटेको छ ।

१० प्रतिशत मूल्य बढेको सिंगटी हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको २३ करोड ५५ लाख ८१ हजार ६३७ रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंक, सोनापुर मिनरल्स एण्ड आयल र हिमाल दोलखा हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर उच्च मूल्य बढ्ने ५ कम्पनीमा परेका छन् ।

आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७ दशमलव ३० प्रतिशत बढेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ३७ खर्ब ५१ अर्ब ९८ करोड ८२ लाख ४९६ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments