विराटचोकः आज हरिशयनी एकादशी व्रतको दिन हो । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा रोपेर पूजा गरिन्छ । आजदेखि चार महिनासम्म विशेष पूजा गरी चर्तुमास व्रत बस्ने गरिन्छ ।
ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलको बिरुवा आज तुलसी मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ ।
तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।