Friday, December 5, 2025
Homeअपराध७० वर्षीय बाबुलाई सन्तानले छोडे जङ्गलमा, चार दिनपछि भयो उद्धार, उपचार हुँदै

७० वर्षीय बाबुलाई सन्तानले छोडे जङ्गलमा, चार दिनपछि भयो उद्धार, उपचार हुँदै

बेलबारीः मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ का ७० वर्षीय जामुनलाल झाँगडलाई छोराबुहारीले बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रको बीच जंगलमा लगेर छोडेको पाइएको छ । सो साझेदारी वनका अध्यक्ष दिनेश गिरीका अनुसार उद्धार गरिएका व्यक्तिको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको छ ।

वनका हेरालुले आज बिहान उनलाई फेला पारेका थिए । छोराबुहारीले मोटरसाइकलमा राखेर बनको बीचमा लगेर छोडेको झाँगडको भनाइ छ ।

झाँगडलाई सब डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय र बेलबारी नगरपालिकाका प्रतिनिधिसहितको रोहबरमा उद्धार गरिएको थियो । उहाँको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments