Tuesday, December 24, 2024
Homeफिचर२६ महिनापछि चालु आर्थिक वर्षको पहिलो दिन नेप्सेले नाघ्यो २३०० को बिन्दु

२६ महिनापछि चालु आर्थिक वर्षको पहिलो दिन नेप्सेले नाघ्यो २३०० को बिन्दु

विराटचोकः चालु आर्थिक वर्षको पहिलो दिन आज नेप्से परिसूचक ३ दशमलव १३ प्रतिशत अर्थात् ७० दशमलव १८ अङ्कले बढेर २ हजार ११५ दशमलव २४ बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृतमध्ये ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर १ लाख १९ हजार ११ पटक किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ रुपैयाँको कारोबार भएको छ ।

जलविद्युत समूह सबैभन्दा धेरै ५ दशमलव ४५ प्रतिशतले बढ्दा विकास बैंक ४.९४, होटल ३.६३, लगानी ३.०६, जीवन बीमा २.९६, बैंकिङ समूह २.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन २.२३, लघुवित्त २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१०, व्यापार समूह २.८८ र वित्त १.८५ प्रतिशतले बढे ।

आज ङादी ग्रुप पावरको सर्वाधिक २१ करोड ७७ लाख ४९ हजार ११७ रुपैयाँको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड २७ लाख, अपि पावरको १७ करोड ९३ लाख, जानकी फाइनान्सको १७ करोड १७ लाख र अरुण भ्याली हाईड्रोपावरको १६ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

९ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंक, वरुण हाईड्रोपावर, ग्रीन डेभलपमेन्ज्ट बैंक, आँखुखोला जलविद्यतु, मन्दाकिनी हाईड्रोपावर, सिक्लेस हाईड्रोपावर, सिंगटी हाईड्रोपावर, रिडी हाईड्रोपावर र अरुण भ्याली हाइड्रोको शेयरमूल्य १० प्रतिशत बढेको हो ।

आज सामुहिक लगानी कोषको सूचक घटेको छ । १० प्रतिशत मूल्य घट्ने कम्पनीमा सामुहिक लगानी कोष र डिबेन्चरहरु रहेका छन् । गणपति हाइड्रोको शेयरमूल्य पनि ८.३९ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ३६ खर्ब ६६ अर्ब २३ करोड ८३ लाख ५ हजार २८९ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments