विराटचोकः तोलामा ९०० रुपैयाँ बढेर आज पनि सुनको भाउले नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । चालु आर्थिक वर्षको पहिलो दिन आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रति तोला १ लाख ४७ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला १ लाख ४७ हजार १ सय रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार ८७५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । हिजो चाँदीको भाउ पनि १० रुपैयाँ बढेको थियो ।